भीरमौरीको मह खाँदा ७ जना बिरामी, दुईकाे अवस्था गम्भीर

 बैशाख २२, २०७६ आइतबार १६:४५:३७ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ - धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामी परेका छन् ।

रुवीभ्याली गाउँपालिका-४, बोराङमा भीरमौरीको मह खाँदा बिरामी भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ ।  गम्भीर बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको छ ।

मह खाएपछि बिरामी भएका मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङको बोराङमै रहेको स्वास्थ्य बिन्दुमा उपचार भइरहेको वडाअध्यक्ष प्रशान्त तामाङले जानकारी दिनुभयो । मह खाएपछि उनीहरुमा काँप्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिएको तामाङले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया