विप्लव नेतृत्वको पार्टी कार्यकर्ता भएको आरोपमा व्यापारी पक्राउ

 बैशाख २४, २०७६ मंगलबार १८:४२:४३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– प्रहरीले विप्लव नेतृत्वको नेकपा कार्यकर्ता भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ का वेगबहादुर राई रहेका छन् । प्रहरीले मानेभञ्ज्याङमा स्टेशनरी व्यवसाय गर्दै आएका राईलाई सोमबार घरबाटै पक्राउ गरेको थियो ।  

जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले प्रहरीको अभिलेखमा राई विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य भएको दाबी गर्नुभयो । उहाँले प्रहरीको अभिलेखमा विप्लव भएको पाइएकाले गिरफ्तार गरेर अनुसन्धान थालिएको बताउनुभयो । 

वेगबहादुर राईलाई राति हतियारसहित आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर लगेको उहाँका आफन्तले बताएका छन् । निर्दोष मान्छेलाई प्रहरीले दुःख दिएको उनीहरुको गुनासो छ । प्रहरीले भने अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया