नातिनीसँगै हजुरबुवा पनि शिशु कक्षामा भर्ना

 बैशाख २७, २०७६ शुक्रबार १७:४०:४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै दार्चुलामा नातिनीलाई विद्यालय भर्ना गर्न पुगेका हजुरबुवा आफू पनि विद्यालय भर्ना भएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर आधारभूत विद्यालयमा ६५ वर्षीय वृद्ध नातिनीसँगै विद्यालय भर्ना हुनुभएको छ । 

चार वर्षकी नातिनी मनिषा बिष्टसँगै हजुरबुवा लालसिंह विष्ट पनि विद्यालयमा पुगेर शिशु कक्षामा भर्ना भएका विद्यालय निरीक्षक सुरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

आफूलाई पढ्न साह्रै रहर लागेर विद्यालय भर्ना भएको लालसिंह बिष्टले बताउनुभयो । पहिलेदेखि नै पढ्ने ठूलो रहर भएको र विभिन्न कारणले पढ्न नपाएकोले अबबाट नियमित रुपमा नातिनीसँगै पोशाकमा विद्यालय आउने र पढ्ने उहाँले बताउनुभयो ।

विद्यालयमा भर्ना भएका वृद्ध लालसिह बिष्टको अभिभावकको जिम्मा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का सचिव मोहनसिंह डागाले लिनुभएको छ । उहाँलाई फूलमाल सहित विद्यालयमा स्वागत गरिएको विद्यालयले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया