यस्तो छ प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)

 जेठ १, २०७६ बुधबार १८:२:५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट विनियोजन विधेयक पेस गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभएको हो । बजेट विधेयकमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ । 

'प्रदेश समृद्धिको आधार : श्रम, सिर्जना, उत्पादन र रोजगार' भन्ने नारा विधेयकमा दिइएको छ । प्रदेशका एक सय १९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रसँग विकासमा सन्तुलन हुने गरी काम गरिने ढुंगेलले बताउनुभयो । पर्यटन, ऊर्जा, उद्योग सेवा लगायतका क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानीका लागि नीतिगत व्यवस्था गरिने प्रस्तुत विधेयकमा उल्लेख छ । 

प्रदेश ३ लाई लगानीको आकर्षक स्थल बनाइने उहाँले बताउनुभयो । प्रदेशमा विद्यमान गरिबी न्यूनिकरण र खाद्यान्न अभावको अन्त्य गर्ने आगामी वर्षको बजेटमा केन्द्रित रहने उहाँले बताउनुभयो । 

आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी आर्थिक क्रियाकलापमा सहभागी हुने अवसर सिर्जना गरिने सरकारको योजना छ । प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा अगाडि बढाइने सरकारको योजना छ । शिक्षालाई उद्यमशिलता तथा उत्पादन, श्रम, एवं स्थानीय अर्थतन्त्र र रोजगारी वृद्धिसँग आबद्ध गरिने मन्त्री ढुंगेलले बताउनुभयो । 

प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेकाे बजेट विनियोजन विधेयकको पूर्ण पाठ पढ्नुहोस्-

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया