हिल्साको अध्यागमन कार्यालय खुल्यो

 जेठ १, २०७६ बुधबार २०:३८:१४ | रमेश ऐडी
unn.prixa.net

तस्बिर: नवीन बराल - द थर्ड पाेल

हुम्ला - हुम्ला जिल्लाको उत्तरी नाका तिब्बतसँग सिमाना जोडिएको हिल्सामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।

गएकाे असोज महिनाकाे अन्तिमदेखि चिसोको कारणले बन्द भएको कार्यालय आज बुधबारदेखि सञ्चालनमा आएको निमित्त कार्यालय प्रमुख सूर्य बहादुर लामाले बताउनुभयाे ।

तिब्बतको कैलाश मानसरोवर तिर्थयात्रीहरुको दर्शन गर्ने सिजन सुरु भएसँगै अध्यागमन कार्यालय सञ्चालनमा आएको हो । विदेशी नागरिक आवतजावत गर्ने हुम्लाको मुख्य नाका रहेको हिल्सामा भिसा तथा पासपोर्ट जाँच हुने गर्छ ।

गएकाे वर्षमात्र सिमाना हिल्सामा अध्यागमन कार्यलय स्थापना भएको थियो । कार्यालय नहुँदा विगतमा जिल्ला प्रहरी कार्यलय हुम्लाले त्याे काम सदरमुकाम सिमकोटबाटै गर्दै आएको थियो । मानसरोवर कैलाश जाने तिर्थयात्रीहरुको लागि सहज रुपले सिमानामा सेवा प्रवाह गर्न याे कार्यालय स्थापना भएको हाे ।

याे वर्ष पर्यटकलाइ स्वागत गर्न कार्यालयले विशेष योजना बनाएको निमित्त प्रमुख लामाले बताउनुभयाे । गएकाे वर्ष १२ हजार भारतीय नागरिकले हुम्लाको हिल्साबाट कैलाश मानसरोवरको दर्शन गरेका थिए । यस वर्ष १० हजार भारतीय तिर्थयात्री आउने अपेक्षा गरिएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया