काठमाण्डौको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ

 जेठ १, २०७६ बुधबार २२:५३:३८ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

दोलखा घर भएकी २० वर्षीया जेनी खड्कामाथि  एसिड प्रहार गरेको आरोपमा काभ्रे घर भएका २८ वर्षीय विष्णु भुजेल पक्राउ परेको काठमाण्डौ प्रहरी परिषरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले उज्यालोलाई जानकारी दिनुभयो । 

भुजेललाई काठमाण्डौ प्रहरी परिषरबाट खटिएको विशेष टोलीले काँडाघारीबाट पक्राउ गरिएको बोगटीले जनाउनुभयो । भुजेललाई अहिले परिषरमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको बोगटीले जनाउनुभयो । 

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको र चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको थियो  । तर त्यहाँ बर्नवार्ड नभएकाले अहिले कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । 

खड्काको घाँटी, छाती र हातमा धेरै असर गरेको  कीर्तिपुर अस्पतालका डाक्टर अनुजराज कर्णिकारले बताउनुभयो ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया