च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
रुपन्देही - रुपन्देहीमा गोली चल्दा तीन प्रहरीसहित चार जना घाइते भएका छन् । एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् ।
रुपन्देहीको सिद्धार्थनगरस्थित शंकरपुर नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक जना भारतीय नागरिक पनि घाइते भएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । गोली लागेर घाइते भएका ती व्यक्तिलाई भारतीयहरुले नै लिएर गएका छन् ।
उनीहरुको गोली प्रहारबाट ३ जना प्रहरी पनि घाइते भएका छन् । पक्राउ पर्नेमा भारत महाराजगञ्ज फरेण्डाका झिनक धोबी हुन् । उनीबाट एउटा अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।