रुपन्देहीमा प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

 जेठ ३, २०७६ शुक्रबार ७:४६:३७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा बिहीबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना भारतीय नागरिकको ज्यान गएको छ । 

हतियारसहित नेपाल प्रवेश गर्ने क्रममा भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबीमाथि रुपन्देहीको सिद्धार्थनगर १० शंकरपुरमा प्रहरीले गोली हानेको थियो । गोली उनको पेटमा लागेको थियो । 

उपचारको क्रममा धोबीको भारतको महाराजगञ्जमा ज्यान गएको बताइएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको छ । यो घटनामा ३ जना प्रहरी पनि घाइते भएका थिए ।

अन्तिम अपडेट: फागुन २८, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया