काठमाण्डाैमा भूकम्पकाे धक्का

 जेठ ३, २०७६ शुक्रबार १४:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निच्यूडको भूकम्प गएको छ ।

दिउँसो २ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पकाे धक्का काठमाण्डाैलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएकाे केन्द्रले जनाएकाे छ ।

यो भूकम्प २०७२ सालको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • राजेन्द्र अधिकारि

    May 17, 2019, 2:37 p.m.

    होइन बुझ्न नसकेको कुरो जति पल्ट भुकम्प आयपनी २०७२ को पराकम्पन भन्दिय कुरो सकियको होकि बिज्ञहरुलाइ केही कुरो थाहा पनि छ ।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया