स्पेनिस ला लिगा: रियल बेटिससँग रियल मड्रिड दुई शून्यले पराजित

 जेठ ५, २०७६ आइतबार १८:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा रियल मड्रिड पराजित भएको छ ।

आइतबार भएको खेलमा तेस्रो स्थानमा रहेको मड्रिड दशौं स्थानमा रहेको रियल बेटिससँग २–० गोलले पराजित भएको हो । बार्सिलोनाले ८६ अंकसहित लिग जितिसकेको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७६ अंक रहेको छ ।

रियल मड्रिडलाई उसकै मैदानमा हराउन बेटिसका जेसस मेरोन र जेसस रोड्रिग्वेजले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

बार्सिलोनाले आइतबारै राति अन्तिम खेलमा एइबरसँग खेल्दैछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया