इंग्ल्याण्डले जित्याे पाकिस्तान विरुद्धकाे एकदिवसीय सिरिज

 जेठ ६, २०७६ सोमबार ७:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले हराएको छ । 

इंग्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य पछाएको पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २९७ रनमा समेटियो  । पाकिस्तानका लागि कप्तान सरफराज अहमेदले ९७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जोय रुटले ८४ तथा कप्तान इयान मोर्गनले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

योसंगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज आफ्नो पक्षमा पारेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया