प्रदेश लेखा नियन्त्रकको कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने प्रदेश १ सरकारकाे निर्णय

 जेठ ६, २०७६ सोमबार ९:१४:४० | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ मन्त्रिपरिषदको बैठकले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेकाे छ । 

आइतवार साँझ बसेको बैठकले प्रोत्साहन भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यबिधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ मा केही संशोधन गर्ने समेत निर्णय गरेको छ । स्रोत सुनिश्चितता र बहुवर्षीय आयोजना सम्बन्धी निर्देशिका २०७६ स्वीकृति प्रदान गरेको कार्कीले जानकारी दिनुभयो ।  

मन्त्री परिषदको बैठकले प्रदेश घरेलु हिंसा सम्बन्धी नियमावली २०७६ लाई समेत स्वीकृति प्रदान गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान  गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो । 

त्यस्तै प्रदेश समन्वय विकास परिषदको बैठक २०७६ साल जेठ १७ गते बस्ने निर्णय पनि बैठकले गरेको छ । साथै बैठकले प्रदेशसभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गते बोलाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत ९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया