युद्धग्रस्त देश लिबियामा अलपत्र परेका १५ नेपालीकाे उद्दार

 जेठ ६, २०७६ सोमबार १०:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटली लैजाने प्रलाेभन देखाउँदै अवैध मार्गबाट युद्धग्रस्त देश लिबिया पुर्‍याइएका १५ जना नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।

डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई दूतावासकाे पहलमा उद्धार गरेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली एजेण्टहरुबाटै गएका उनीहरुलाई एजेण्टले लिबियामा पुर्‍याएपछि अलपत्र पारेर छाडेकाे थियाे । 

पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीकाे उद्दार गरेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) राखिएकाे दूतावासले जनाएकाे छ ।  

दूतावासका अनुसार, सबै कामदारलाई नेपाल फर्कने हवाई टिकट समेत शरण दिइरहेको आइओएमले नै मिलाइदिने व्यवस्था गरेकाे छ ।  

एक साताअघि पनि दूतावासले सात जनालाई लिबियाबाट उद्धार गरेर नेपाल पठाएको थियो ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया