विश्वकपपछि अफगानिस्तानका प्रशिक्षक सिमन्सले राजीनामा दिने

 जेठ ६, २०७६ सोमबार १६:३:४८ | एजेन्सी
unn.prixa.net

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपपछि अफगानिस्तानका प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन् । 

वेस्ट इण्डिजका पूर्व अलराउण्डर सिमन्सले सन् २०१७ मा टिम सम्हाल्दा विश्वकपमै पुर्‍याउने लक्ष्य रहेको बताएका थिए । लक्ष्य पूरा भएकाले उनले विश्वकपलगत्तै अफगान टिम छाड्ने भएका हुन् ।

सिमन्सले इएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा भने, 'टिम छाड्ने विषयमा अफगानिस्तान क्रिकेट बोर्डलाई मैले सूचना दिइसकेको छु, अब मैले सम्झौता नवीकरण गर्दिनँ ।' 

१५ जुलाईमा उनको सम्झौता सकिने जनाइएको छ । उनलाई १८ महिनाका लागि प्रशिक्षक तोकिएको थियो । 

५६ वर्षीय सिमोन्सकै प्रशिक्षणमा गएकाे मार्चमा विश्वकप क्वालिफायर जितेको थियो । विश्वकपको पहिलो खेलमा अफगानिस्तानले १ जुनमा पाँच पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया