त्रिशूली नदीमा जलयात्रा सञ्चालन

 जेठ ७, २०७६ मंगलबार १८:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवा र नुवाकोटमा जलयात्राको विकास गर्नका लागि मंगलबार जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गरिएको छ ।

दुवै जिल्लामा जल पर्यटनको विकास गर्ने, जलयात्राका लागि नयाँ गन्तव्य पहिचान गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउनका लागि त्रिशूली नदीमा जलयात्रा सञ्चालन गरिएको हो ।

रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्डेदेखि नुवाकोटको विदुर नगरपालिका– १० भैसैसम्म जलयात्रा सञ्चालन गरिएको रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ । रसुवामा पहिलो पटक जलयात्राको आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो ।

रसुवा–नुवाकोट पर्यटन समाज र रसुवाको उत्तरगया गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । काठमाण्डौबाट नजिक भएकोे र नदीको बहाव बढी भएकोले साहसिक जलयात्रीहरूका लागि उपयुक्त रहेको उहाँको भनाइ थियो ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया