पाँचथर सामूहिक हत्याकाण्ड : ९ जनाकै शव पोष्टमार्टमका लागि धरान लगियो

 जेठ ८, २०७६ बुधबार ८:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ ।

हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया