स्याङ्जामा आगलागी हुँदा तीन घर र दुई गोठ जले

 जेठ ८, २०७६ बुधबार ९:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – गल्याङ नगरपालिका–९ मनहरीमा आगलागी हुँदा तीन ओटा घर र दुई ओटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । 

मंगलबार साँझ स्थानीय गोपालप्रसाद खनालको घर र गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ भने दुई ओटा भैंसी घाईते भएको गल्याङ प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अर्का स्थानीय शालिकराम खनालको पनि घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । 

त्यस्तै अर्का स्थानीय मोहन ढकालको घर जलेर पूर्ण रुपमा जलेर नष्ट भएको छ । गोठ नजिकै रहेको परालको टौवाबाट आगलागी भएको स्थानीयको भनाइ छ ।

आगो कसले र किन लगायो भन्ने खुल्न सकेको छैन । स्थानीयले छिटै थाहा पाइहालेकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण गोठमा सल्काएको आगो परालमा पुगेको र आगलागी भएको प्रहरीको आशंका छ । आगो स्थानीयले नै नियन्त्रणमा लिएका थिए ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया