प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
दाङ – सर्वाेच्च अदालतले थुनामुक्त गर्न आदेश दिए पनि नेत्रविक्रम चन्द‘विप्लव’ समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का‘असल’लाई प्रहरीले दाङमा पुनः पक्राउ गरेको छ ।
पक्राउ गरेर अनुसन्धानका लागि वडा प्रहरी कार्यालय घोराही दाङमा राखिएका खड्कालाई सर्वोच्चले थुनामुक्त गर्न आदेश गरेपछि मंगलबार सामान्य धरौटीमा थुना मुक्त गरिएको थियो ।
तर पुनः मंगलबार नै खड्का पक्राउ परेका हुन् । खड्कालाई सुनसरीमा हातहतियार खरखजना तथा संगठीत अपराध सम्बन्धी मुद्धा लागेकाले अनुसन्धानका लागि त्यसतर्फ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।
दार्माकोट गाउँपालिका ५ सल्यान घर भएका खड्कालाई मंगलबार बेलुका ५ बजेतिर थुनामुक्त गरी पुनः पक्राउ गरिएको हो ।