मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोली घोषणा

 जेठ ८, २०७६ बुधबार १२:५१:१ | एजेन्सी
unn.prixa.net

कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले घोषणा गरेको २३ सदस्यीय टिम निकै बलियो देखिएको छ ।

टिममा कप्तान मेस्सीसँगै विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरी ए को उपाधि दिलाएका पाउल डिबाला परेका छन् ।

विश्वकप २०१८ पछि पहिलो पटक सर्जियो अग्युरो टिममा पर्न सफल भए । गोलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा र अगस्टिन मारचसिन परेका छन् ।

यस्तै डिफेन्डर जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना र मिल्टन कस्को टिममा परेका छन् ।

मिडफिल्डर लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल र एन्जल डि मारिया पनि टिममा परेका छन् ।

फरवार्ड लाउटारो मार्टिनेज, म्याटिस सुआरेज पनि २३ सदस्यीय टिममा पर्न सफल भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया