सुनील वाल्सन : विश्वकपका अभागी खेलाडी, जसले न ब्याटिङ गर्न पाए, न बलिङ

 जेठ ८, २०७६ बुधबार १३:३६:४९ | एजेन्सी
unn.prixa.net

भारतले पहिलो पटक विश्वकप सन् १९८३ मा जितेको थियो । यसको श्रेय कपिल देवलाई जान्छ ।

उनको कप्तानीमा रहेको  भारतले लगातार दुई पटक विश्वकप जितेको वेस्टइण्डिजविरुद्ध ६० ओभरमा जम्मा एक सय ८४ रनको लक्ष्य पनि रक्षा गर्दै भारतलाई पहिलो पटक विश्वकप दिलाएका थिए । 

भारतले दोस्रो विश्वकप सचिन तेन्दुलकरबाट प्रेरित भएका महेन्द्रसिंह धोनी कप्तान हुँदा सन् २०११ मा जितेको थियो । अब सन् १९८३ को विश्वकपको केही राेचक कुरा गर्दैछौं । 

सन् १९८३ को विश्वकपमा अहिले जस्तो १५ जना खेलाडीहरुको टिम हुँदैन थियो । त्यतिबेला १४ जनाको टिम हुन्थ्यो अनि त्यसबाट प्लेयिङ ११ तयार पारिन्थ्यो ।

भारतका पूर्व तीव्र गतिका बलर सुनील वाल्सन सन् १९८३ को विश्वकप टिममा परे पनि एउटा पनि खेल खेल्न पाएनन् । उनी उक्त विश्वकप जित्दा टिममा थिए । त्यस विश्वकपमा भारतमा १४ मध्ये १३ खेलाडीले प्रतियोगितामा खेल्न पाए ।

उनले प्रतियोगिताका बेला ब्याटिङ त परको कुरा तीव्र गतिका बलर भएर एक बल पनि गर्न पाएनन् । अर्थात् उनलाई प्लेयिङ सेटमै राखिएन । 

इंग्ल्याण्डमा ३० मे देखि विश्वकप सुरु हुँदैछ । हरेक विश्वकप सुरु हुनु पूर्व उनै सुनील विल्सनलाई धेरै मिडियाले अन्तर्वार्ताका लागि फोन गर्छन् । सुरु सुरुमा त उनले आफूलाई मजाक उडाएको सम्झन्थे तर अहिले सन् १९८३ विश्वकप जित्ने भारतीय टिमको सदस्य हुँ भन्दा गर्वको महसुस गर्छन् ।

सन् १९९९ देखि आईसीसी विश्वकप भन्न सुरु गरिएको हो । त्यसभन्दा अगाडि विश्वकपको नाममा प्रायोजकको ट्यागलाइन झुण्डिएर आउँथ्यो । सन् १९८३ मा भएको विश्वकपलाई 'प्रुडेन्सियल कप' भनिएको थियो ।  

सुनील वाल्सन जब विश्वकपको टिममा चयन भए त्यतिबेला उनलाई विश्वास नै लागेको थिएन । अहिले जस्तो सञ्चारको सुविधा पनि थिएन । त्यतिबेला उनी इंग्ल्याण्डमा डरहम वेस्ट कोस्ट लिग खेलिरहेका थिए । क्लबका एक अधिकारीले भनेपछि मात्रै उनी भारतीय टिममा परेको कुरा थाहा पाए । त्यसपछि उनले कीर्ति (आजाद) लाई फोन गरे । आजादले नै उनी टिममा परेको कुरा पुष्टि गरिदिए ।

भारतीय टिममा परे पनि उनले प्लेयिङ ११ मा स्थान बनाउन भने मुश्किल रहेको स्वीकारेका थिए । विश्वकपअघि उनी अस्ट्रेलिया र अर्को एउटा काउन्टी टिमसँग अभ्यास खेल खेलिरहँदा टिममा परेका थिए ।

वाल्सनले भने, ‘हामीले दुवै खेल गुमायौं, कमजोर काउन्टी क्लबसँग हार्नु हाम्रा लागि लज्जाको विषय थियो ।’ अभ्यास खेलमा पराजित भएको भारतले विश्वकपको फाइनलमा लगातार २ पटकको विश्व च्याम्पियन वेस्टइण्डिजलाई पराजित गर्दै उपाधि जित्यो । 

वेल्सनलाई कपिल देवले किन खेल्न दिएनन् भन्ने विषयमा जिज्ञाशा राख्दा उनले भने, ‘वेस्टइण्डिजविरुद्धको राउण्ड रोबिनमा मौका थियो, जुन खेल ६६ रनले हामी पराजित भएका थियौं, त्यसमा चान्स पाउँछु कि जस्तो थियो  तर पाइँन ।’ 

वाल्सनले पुरानो दिन सम्झँदै भने, 'भारतीय खेलाडी रोजर घाइते थिए, त्यतिबेला उनी फिटनेस टेस्ट पास नभएको भए मैले स्थान बनाउने थिए, तर फिटनेस टेस्टमा रोजर नै फिट भएपछि मैले फेरि पनि टिममा स्थान बनाउन सकिँन । रोजर, कपिल र मदनलाल सबै खेलमा खेलेका थिए ।' 

उनले फेरि सम्झिए, 'बलिङ र ब्याटिङ गर्न नपाए पनि केही बेर फिल्डिङ भने गरेको थिएँ । त्यतिबेला दिलीप वेंगसकरलाई बलले लागेपछि उनलाई ड्रेसिङ रुममा लगेपछि केही बेर फिल्डिङ गरेको थिएँ ।'

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया