विराटनगरले गुमायो दुई ठूला डाक्टर !

 जेठ ८, २०७६ बुधबार १६:४८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - विराटनगरवासीले एक महिनाको अवधिमा दुई ठूला डाक्टर गुमाएको छ ।  

महिना दिन अगाडि मात्र विराटनगवासीले नेपाल सरकारको १०औँ तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत डाक्टर मुकुन्द दाहाललाई गुमाएकोमा त्यसलगत्तै अर्का बाल रोग विशेषज्ञ डाक्टर विमल अग्रवाललाई पनि गुमाएको हो ।

कोशी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको मंगलबार निधन भएसँगै विराटनगवासी स्तब्ध  भएका छन् ।  डा. अग्रवालको बुधबार दाहसंस्कार गरिएको छ । विराटनगर-८, मा रहेको विश्रान्ती आर्यघाटमा अग्रवालको अन्त्येष्टि गरिएको हो ।

डाक्टर अग्रवालकाे पार्थिव शरीरमा  छोराले दागबत्ती दिएका थिए । डा. अग्रावालको दाहसंस्कारमा विराटनगरवासीको जनलहर नै छाएको थियो । विराटनगरका वरिष्ठ डाक्टरहरु, महानगरका मेयर,  राजनैतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व,  आफन्त र शुभचिन्तक अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।

अग्रवाल विराटनगरमा मात्र नभई   प्रदेश नम्बर एकमा लोकप्रिय बालरोग विशेषज्ञ हुन् । अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे ।

६ वर्षदेखि विराटनगरको कोशी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेनडेड भइसकेको बताएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया