स्वर्णपदक विजेता अजितलाई ५ लाख

 जेठ ८, २०७६ बुधबार १९:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - प्रदेश दुईका  मुख्यमन्त्री लालबाबु राउतले   स्वर्ण पदक विजेता अजितकुमार यादवलाई बुधबार पुरस्कृत गर्नु भएको छ । 

चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पियनसिप २०१९ का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले ५ लाख ११ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गर्नु भएको हो । 

३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पूरा गर्दै यादवले स्वर्ण पदक जितेका थिए । नेपाली खेलकुदकाे इतिहासमा एथलेटिक्समा स्वर्ण पदक जित्ने अजित पहिलो खेलाडी हुन् ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया