एचआईभी संक्रमित गाेपाल श्रेष्ठ सगरमाथाको शिखरमा !

 जेठ ८, २०७६ बुधबार १९:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । 

कास्कीको पोखरा उपमहानगरपालिका ७ का ५६ वर्षीय श्रेष्ठ बुधबार बिहान सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

सगरमाथा आरोहणमा जानुअघि श्रेष्ठले सगरमाथा आरोहण गरेर एचआईभी संक्रमितको तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमानी बनाउने दाबी गर्नुभएको थियो । 

तर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने उहाँ संक्रमितको तर्फबाट पहिलो हुन सक्ने भए पनि पर्यटन विभागले थप अध्ययन गरेपछि मात्र कीर्तिमानीको बारेमा टुङ्गो लाग्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया