भारतीय लाेकसभा चुनाव : केरलकाे वायनाडमा राहुल गान्धी २ लाख मतले अगाडि

 जेठ ९, २०७६ बिहिबार १२:१८:४६ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । 

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८०भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । 

सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीको अघि पछि रहेका छन् । पछिल्लाे मतपरिणामअनुसार अमेठीमा स्मृति इरानी ५ हजार मतले अगाडि रहेकी छिन् ।

राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडमा राहुल गान्धी झण्डै २ लाख मतले अगाडि रहेका छन् । राहुलले ३ लाख ३३ हजार मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार १ लाख २५ हजार मत ल्याएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया