भारतीय लोकसभा चुनाव : कन्हैया कुमार डेढ लाख मतले पछि

 जेठ ९, २०७६ बिहिबार १२:३३:५३ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । 

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । 

भारतमा मात्रै नभई नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा ताजा मतगणना अनुसार, बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह डेढ लाख बढी मतले अगाडि रहेका छन् । 

गिरिराज सिंहले दुई लाख ८१ हजार एक सय ६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैयाले एक लाख २७ हजार चार सय ५२ मत प्राप्त गरेका छन् । 

साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् । उनले ७८ हजार चार सय ८७ मत प्राप्त गरेका छन् । 

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया