भारतीय लोकसभा चुनाव : प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट डेढ लाख मतले अगाडि

 जेठ ९, २०७६ बिहिबार १२:३२:२५ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । 

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८०भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । 

पछिल्लो मतपरिणामअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको वाराणसीमा झण्डै डेढ लाख मतले अगाडि रहेका छन् । मोदीले २ लाख ४९ हजार मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी सपा–बसपा गठबन्धनकी उम्मेदवार शालिनी यादवले ७४ हजार मत प्राप्त गरेकी छिन् । त्यस्तै तेस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार अजय रायले ४४ हजार मत ल्याएका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया