यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।
सभापति देउवा विदेश प्रस्थान गर्नुभएकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा २५ को उपधारा ९१३०को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो ।
सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ । उहाँ आगामी सोमबार स्वदेश फर्कनुहुनेछ ।