बाटो निर्माण गर्ने क्रममा रुख ढलेर लाग्दा एक बालकको ज्यान गयो, एक बालिका घाइते

 जेठ १०, २०७६ शुक्रबार १९:३:२४ | सुजता सुनुवार
unn.prixa.net

इलाम - बाटो निर्माण गर्ने क्रममा रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् । 

रुखले लागेर घाइते भएका १२ वर्षीय भेषराज गजमेरको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै घाइते भएकी १४ वर्षीया कृतिका रसाइलीलाई थप उपचारका लागि बिर्ता सिटी हस्पिटल झापा लगिएको प्रहरी कार्यलय इलामले जनाएको छ । 

सूर्योदय नगरपालिका-६ तारगाउँको हर्कटेबाट थापा गाउँसम्म जाने भित्री सडक खन्ने क्रममा बाटोको किनारमा रहेको रुख ढलेको थियो । रुख ढल्दा विद्यालय जाँदै गरेका दुई जना बालबालिका घाइते भएका थिए । 

घटनापछि को १ ख २४२७ नम्बरको डाेजरका चालक २९ वर्षीय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिइएको छ । यसअघि पनि बाटो निर्माण गर्ने क्रममा ढुङ्गाले लागेर एक बालिकाको ज्यान गएको थियो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया