आजदेखि सञ्चालनमा आयो तातोपानी नाका

 जेठ १४, २०७६ मंगलबार १०:१८:१५ | किरण थापा
unn.prixa.net

काठमाण्डौ – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।

गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणकाे काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएका हुन् ।

चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । 

नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । बुधबार तिब्बतको खासाबाट ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गर्ने छन् । ऊन बोकेका ती ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । सम्भवत: बुधबार मितेरी पुलबाट नै कन्टेनर नेपाल प्रवेश गराइने सम्भावना पनि रहेको छ । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया