राइनास नगरपालिकाका सबै वडाध्यक्षलाई मोटरसाइकल !

 जेठ १६, २०७६ बिहिबार १८:२४:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिकाले नगरका १० वटै वडाका वडाअध्यक्षलाई मोटरसाइकल प्रदान गरेको छ । 

राइनास नगरपालिकाका दैनिक प्रशासनिक र विकास निर्माणका कार्यहरुलाई सरल र सहज बनाउने उद्धेश्यका साथ सबै वडाका वडाअध्यक्षलाई मोटरसाइकल प्रदान गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै वडाध्यक्षलाई १ सय ५० सीसीको ‘यामाहा’मोटरसाइकल प्रदान गरिएको हो । प्रति मोटरसाइकल १ लाख ८० हजारमा खरिद गरी वडाध्यक्षलाई प्रदान गरिएको हो ।

श्रोत साधनको अभावमा सेवा प्रवाहमा कठिनाइ हुनुका साथै समयमै कार्य सम्पन्न हुन नसकेको जनगुनासो आएसँगै वडाध्यक्षहरुलाई मोटरसाइकल वितरण गरिएको हो ।‘स्थानीय तहबाटै बजेट व्यवस्थापन गरी खरिद बिक्री प्रक्रिया सम्पन्न गरी उहाँहरुलाई बाइक वितरण गरिएको हो’, अधिकारीले भन्नुभयो ।

मोटरसाइकल वितरण गरिएसँगै वडा कार्यालय तथा वडाध्यक्षबाट प्रदान गरिने कामकारबाही चुस्त–दुरुस्त हुने विश्वास लिइएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो ।

राज्यको श्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा स्थानीय नागरिकले जोड दिएका छन् ।


 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया