बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

 जेठ १७, २०७६ शुक्रबार १३:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्वत पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका १९ वर्षीय सुरज परियारलाई इलाका प्रहरी कार्यालय हुवासले बिहीबार बेलुका पक्राउ गरेको हो ।

बालिकालाई परियारले पर्वत विहादी गाउँपालिका–५ उराम खोरपोखराको जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीलाई खबर गरेपछि परियारलाई पक्राउ गरिएको हो । आरोपित परियार चन्द्र माध्यमिक विद्यालय उराम खोरपोखरामा ज्यामी काम गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार स्थानीयबासीन्दाको सहयोगमा आरोपित परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाइएको छ ।

पीडित बालिकाको गण्डकी क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया