अर्घाखाँचीमा हावाहुरीले एक विद्यालयसहित  ६० घर गोठको छाना उडायो

 जेठ २०, २०७६ सोमबार ८:३५:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - आइतबार साँझ आएको पानीसहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालयसहित ६० वटा घर गोठको छाना उडाएको छ । 

हाबाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालय सहित ६० घरगोठको छानो उडाएको होे । 

हाबाहुरीले शहिद मेमोरियल बोर्डिंग स्कुलको टिनको छाना तथा स्थानीय बासिन्दाका टिन तथा फुसको छाना उडाएको स्थानीय पिताम्वर खनालले जानकारी दिनुभयो ।

हावाहुरीले बल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षती पुर्‍याएको पनि उहाँले बताउनुभयो ।  

हाबाहुरीका कारण आँप लिची तथा अन्य रुखसमेत लडाएको छ । हाबाहुरीको यकिन क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ ।  


 

अन्तिम अपडेट: चैत ९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया