दुबईमा बस दुर्घटना : १७ जनाको मृत्यु

 जेठ २४, २०७६ शुक्रबार ९:२८:२७ | एजेन्सी
unn.prixa.net

संयुक्त अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

बिहीबार बेलुकी ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरमा उल्लेख छ । 

दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि बीबीसीको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया