वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
बैतडी – कुनै समय बैतडीको सतबाँझमा विभिन्न प्रजातिका स्याउहरु लटरम्म पल्ने गर्दथे । तर पछिल्लो समय जलवायु परिवर्तनले गर्दा सतबाँझमा फल्ने स्याउको स्वाद पनि पहिलेको जस्ताे छैन ।
पहिले सतबाँझको डाँडाभरि लटरम्मै स्याउ फल्ने गरेको भए पनि पछिल्लो समय स्याउ फल्न छोडेपछि अहिले सतबाँझको स्याउको स्वादको सम्झना मात्रै बाँकी रहेको स्थानीय किसान पुष्कर भट्टले बताउनुभयो । ‘पहिले निकै हराभरा देखिने सतबाँझ पछिल्लो समय नाङ्गो डाँडाको रुपमा परिणत भएको छ’, उहाँले भन्नुभयो ।
अर्का किसान देवदत्त भट्टले पछिल्लो समय सतबाँझमा हिउँ पर्न छोडेपछि स्याउ पनि फल्न छोडेको जानकारी दिनुभयो । चिस्यानको कमी भएपछि स्याउ उत्पादन हुन छोडेको किसान भट्टले बताउनुभयो ।
‘असार महिनादेखि असोजसम्म सतबाँझमा स्याउ फल्ने भए पनि पछिल्लो दुई दशक यता स्याउ फल्न छोडेको छ’, स्थानीय बीरबहादुर टेरले भन्नुभयो । उहाँका अनुसार, पहिले सतबाँझको स्याउ किन्नको लागि धेरै मानिसहरु आउने गरेकाे तर अहिले सतबाँझमा स्याउको बोट हुर्काउनै मुश्किल भएको छ ।
स्याउ बेचेर नै दैनिक गुजारा गर्दै आएका यस क्षेत्रका किसानहरुको बारीमा अहिले स्याउको बोट देख्नै गाह्रो छ ।
स्याउ उत्पादनका लागि चिस्यान आवश्यक हुन्छ र पछिल्लो समय हिउँ कम पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताउनुभयो ।
स्याउ उत्पादन हुन छोडेपछि अहिले सुख्खा जातका फलफूलका बिरुवा उत्पादनमा केन्द्रले ध्यान दिएको उहाँले जनाउनुभयो । अहिले सुख्खा फलफूल विकास केन्द्रले ओखर, जैतुनलगायतका सुख्खा जातका बिरुवाहरु उत्पादन गरेको जनाएको छ ।
सतबाँझमा स्याउ फल्न छोडेपछि विसं २०१९ सालमा स्थापना भएको बागबानी विकास केन्द्रलाई सुख्खा फलफूल विकास केन्द्रको नाममा कार्यालय सञ्चालन गरिएको छ ।