पाैडी खेल्न गएका युवककाे खोलामा डुबेर ज्यान गयाे

 जेठ २५, २०७६ शनिबार १८:३८:५२ | अमर सुनार
unn.prixa.net

दैलेख – छामाघाट खोलाको कोटिला नजिक दहमा पाैडी खेल्न गएका एक युवकको ज्यान गएको छ । 

शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा २१ वर्षीय भीमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सँगै पौडी खेल्न गएका दुई जना साथी खोलाबाट बाहिर आइसक्दा गाैरव बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेको कर्णबहादुर नेपालीले बताउनुभयो । त्यसपछि तालिम प्राप्त प्रहरीकाे टाेलीले गौरवकाे शव खाेला जमेर बनेकाे दहबाट निकालेकाे थियाे ।

मृतकको शव पोष्टमर्टमका लागि दैलेख जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया