रुपन्देहीमा एक जनाको हत्या

 जेठ २६, २०७६ आइतबार ११:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा एकजना युवाको हत्या भएको छ । देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो ।

निधार र छातिमा लागेको चोटसहित बेहोस अवस्थामा भेटिएका थापाको देवदह मेडिकल कलेजमा ज्यान गएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु , २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको  वडा प्रहरी कार्यालय बुटवलले बताएको छ । 

प्रहरीका अनुसार थापाले राति लक्ष्मण थारुको घरमा गएर ढोकामा हानाहान गरेपछि यो घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदहमा यसअघि युवा संघका नेताहरु दुर्गा तिवारी, बलु पौडेल तथा तरुण दलका कार्यकर्ता अनिस पुरीको हत्या भएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया