​बाग्मती सफाई महाअभियान : ५ वर्ष पूरा, १८ हजार मेट्रिकटन फोहोर उठाइयो

 जेठ ५, २०७५ शनिबार १५:४१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – बाग्मती सफाई महाअभियानले आज ५ वर्ष पूरा गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानका क्रममा आजसहित बाग्मती सफाईमा २ सय ६२ औं हप्ताको सफाई अभियान भएको छ । 

५ वर्षको अवधिमा सुन्दरीजलदेखि चोभारसम्मको बाग्मती नदीमा २ पटक सफाई गरिसकिएको छ । यस्तै अहिलेसम्म १८ हजार मेट्रिकटन फोहोर उठाइएको  छ । सफाई अभियानमा १५ सय भन्दा बढी संस्थाको सहभागिता छ । 

५ वर्षमा मानिसमा सफाई गर्नपर्छ भन्ने  धारणमा पनि परिवर्तन भएको अभियन्ताले बताएका छन् । साथै काठमाण्डूमा सुरु भएको बाग्मती सफाई अभियानको सिको गर्दै देशका अरु नदी तथा शहरको सफाई पनि सुरु भएको छ । अभियानले ५ वर्ष पूरा गरेको अवसरमा आज बेलुकी दीप प्रज्वलन कार्यक्रम हुँदैछ । 

कार्यक्रममा पूर्व प्रधानन्यायाधीस, खानेपानी मन्त्री विना मगरलगायतको उपस्थिति रहने बाग्मती सफाई अभियान सुरुवात गर्ने संस्थामध्येको एक संस्था नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं सफाई अभियन्ता राजकुमार भट्टराईले जानकारी दिनुभयो ।

बाग्मती सफाई महाअभियानको २ सय ६२ औँ हप्तामा  अहिले शंखमुल दोभान आसपासका क्षेत्रमा सफाई भइरहेको छ । सफाईमा झण्डै ४ सय भन्दा बढिको सहभागिता रहेको अभियन्ता रामशरण कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया