भारतीय क्रिकेटर युवराज सिंहले लिए सन्यास

 जेठ २७, २०७६ सोमबार १४:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अलराउण्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी-२० खेल खेलेका युवराजले क्रिकेट खेलाडीको करियरबाट बिदा लिने निर्णय गरेका हुन् ।

उनी यो समयकै सबैभन्दा उत्कृष्ट भारतीय अलराउण्डर हुन् । विस्फोटक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका कारण उनी  उत्कृष्ट अलराउण्डरको परिचय बनाउन सफल भएका थिए ।

सन् २०११ मा भारतले विश्वकपको ट्रफी उचाल्दा उनले प्रतियोगितामा चार वटा अर्धशतक र एउटा शतक बनाएका थिए । साथै उनले १५ विकेट समेत लिएका थिए । उनले आयरल्याण्डविरुद्धको एउटै खेलमा पाँच विकेट लिएका थिए । जसका कारण उनी प्रतियोगिताकै 'सर्वोत्कृष्ट खेलाडी' समेत घोषित भएका थिए । 

विश्वकप जितेपछि उनी बिरामी परे । उनको फोक्सोको बीचमा ट्युमर पलाएको थियो । करिब एक वर्षको उपचार र विश्रामपछि उनी पुनः क्रिकेटमा फर्किएका थिए । लामो संघर्षपछि सन् २०१७ मा उनी पुनः राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका थिए । 

उनले एकदिवसीय खेलमा ३६ दशमलव ५५ को औसतमा कुल ८ हजार ७ सय १ रन बनाएका छन् । टेस्ट क्रिकेटमा ११ वटा अर्धशतक बनाएका युवराज सिंहले टी-२० मा १ हजार १ सय ७७ रन बनाएका छन् । 

सन् २००७ को विश्वकपमा स्टुअर्ट ब्रोडको बलमा एउटै ओभरमा उनले ६ छक्का प्रहार गरेका थिए । जुन उनको करियरको सबैभन्दा चर्चित प्रदर्शन हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया