विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा

 जेठ २८, २०७६ मंगलबार १०:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप क्रिकेटमा मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । लामो अवधिको प्रतियोगिता हुनुका बाबजुद दुवै टोलीका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ । र, यस स्तरमा टिमका लागि एक जितले उसको सम्बन्धित बाटोका लागि आत्मविश्वास अवश्य बढाउनेछ । 

यो खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ । 

श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो । अफगानिस्तानबिरुद्ध उसले २ अंक त हासिल गरेको हो तर, उसको ब्याटिङ पंक्तिको असफलता भने निराकरण भएन । नसवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।
 
अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ, जसले २० एकदिवशीय खेलमा ३३५ रन र २० विकेट चड्काएका छन् ।

बंगलादेशलाई विश्वकपमा आफ्नो सुरुआतीमा गर्व छ । उसले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । तर, त्यसयताका दुई खेलमा उसले जितका लागि संघर्षमा असफल भएको छ । 

घरेलु टोली इंग्लयाण्डसँग १ सय ६ रनको पराजय ब्यहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो । 

बंगलादेशले रन बनाउने र विकेट लिने क्षमता प्रदर्शन गरिसकेको छ । निर्णायक खेलमा श्रीलंकाबिरुद्ध उसको सबै पक्षले शतप्रतिशत प्रदर्शन गर्ने अपेक्षा कप्तान मश्रफी मोर्तजाले गरेका छन् ।

ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया