भ्यानले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

 जेठ २८, २०७६ मंगलबार १३:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक  भ्यानको ठक्करबाट १ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् । 

रंगेली-बिराटनगर सडक खण्डमा  बिहान एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने वर्ष १२ को मोहमद जवार,  वर्ष १८ को मोहमद कैफ र बस्ने वर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएमा उपचारको क्रममा मोहमद जवारको बिहान ज्यान गएकाे हाे । 

२ जनाको यही अस्पतालमा उपचार भैरेहेकाे इलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ । ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका-७ बस्ने वर्ष २२ को गोविन्दप्रसाद अधिकारीलाई पक्राउ गरेकाे प्रहरीले जनाऐकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया