गोजीबाट झिकेर शिक्षक नियुक्ति नगर्नू : शिक्षा मन्त्री पोखरेल

 जेठ २८, २०७६ मंगलबार १८:११:५१ | शिव ढुंगाना
unn.prixa.net

फाइल फाेटाे

ओखलढुङ्गा –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहमा शिक्षक नियुक्ति नगर्न निर्देशन दिनुभएको छ । 

ओखलढुङ्गाको सामुदायिक अस्पताल अनुगमनमा आएका मन्त्री पोखरेलले शिक्षक नियुक्तिको अधिकार नरहेको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहका प्रमुखहरुलाई लक्षित गर्दै भन्नुभयो, ‘गोजीबाट शिक्षक नियुक्ति नगर्नुस्, यो काम शिक्षक सेवा आयोगले गर्छ ।’ देशभर स्थानीय सरकारले कानुन मिचेर शिक्षक नियुक्ति गरिरहेको प्रसङ्ग निकाल्दै उनले गोजीका शिक्षकले शैक्षिक क्षेत्र नसुध्रिने दाबी गर्नुभयो ।

अस्पताल अनुगमन तथा अबलोकनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अन्य पेशा व्यवसाय गर्ने भए शिक्षकबाट राजीनामा दिएर जान शिक्षकहरुलाई सुझाव दिनुभयो । शिक्षकले राजनीति र व्यापारमा लागेको भन्दै उनले रहर भए शिक्षक पेसा छोड्न, अन्यथा जिम्मेवारपूर्वक काम गर्न पनि निर्देशन दिनुभयो । 

अस्थायी तथा करारका समस्या सरकारले प्रकृया पुर्याएर समाधान गर्ने मन्त्री पोखरेलले जानकारी दिनुभयो । शिक्षकहरुलाई स्वतः स्थायी हुने भन्ने भ्रम नपाल्न सचेत गराउनुभएको छ । उहाँले एसईईमा डी ग्रेड ल्याउनु फेल हुनु भएको भन्दै त्यस्तो नतिजा ल्याउनेले माथिल्लो कक्षामा भर्ना हुन नपाउने व्यवस्था गरिने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया