युरो कप छनोट : विश्व विजेता फ्रान्सको सहज जित

 जेठ २९, २०७६ बुधबार ६:३९:४२ | एजेन्सी
unn.prixa.net

विश्व विजेता फ्रान्सले युरो कप छनोट प्रतियोगितामा तेस्रो जित हात पारेको छ । यसअघि टर्कीसँग अविश्वसनीय हार ब्यहोरेको फ्रान्सले मंगलबार राति भएको खेलमा एन्डोर्रालाई ४–० ले हरायो । 

जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । यो समूहको चार खेल सकिँदा तनिवटा टिमको समान ९–९ अंक छ ।
 
एन्डोर्राको मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउनका लागि केलियन एमबाप्पे, विसम बेन यड्डर र फ्लोरेन थाउभनि र कर्ट जोउमाले गोल गरेका थिए । 

फ्रान्सले ११औं मिनेटमा एबाप्पेको गोलबाट अग्रता लिएको थियो भने बेन यड्डरले ३०औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा थाउभिनले गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए ।

६०औं मिनेटका कर्ट जउमाले गोल गरेपछि फ्रान्सले सहज जित निकाल्यो ।

यो समूहमा टर्की भने आइसल्याण्डसँग २–१ ले पराजित भएको छ । आइसल्याण्डका लागि राग्नर सिगुरोसनले दुई गोल गरेका थिए भने टर्कीका लागि डोरुखान टोकोजले गोल गरेका थिए । पहिलो हाफमै २–१ को अग्रता लिएको आइसल्याण्डले अन्तिम सम्म सो अग्रता जोगाउन सक्यो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया