पाेखरामा लागुऔषध कारोबारी पक्रन गोली प्रहार

 जेठ २९, २०७६ बुधबार १४:४४:४२ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखरामा प्रहरीले गोली प्रहार गरी एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।  

लागुऔषध कारोबारको सूचना पाएर पक्राउ गर्न गएको प्रहरीलाई प्रहरीकै हतियार खोसेर आक्रमण गर्न लागेपछि गोली हानेर कारोबारी ३० वर्षीय गोविन्द थापा लाई नियन्त्रणमा लिनु परेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका-१०, उत्तमचोकमा रहेको एउटा रेष्टुरेष्टमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीले हानेको गोली थापाको बायाँ तिघ्रामा लागेको र सामान्य घाइते भएको पनि सुवेदीले जानकारी दिनुभयो । 

घाइते थापाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उपचारपछि थप कारबाही अघि बढाइने प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । 

थापाको साथबाट लागुऔषध डाइजाेपाम ५ सय, नुर्फिन ५ सय, फिनारगन ५ सय थान गरि १५ सय थान बरामद भएको पनि उहाँले बताउनुभयो । यस्तै थापाले प्रयोग गर्ने गरेको ग १३ प ८२२८ नम्बरकोे मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया