सडक निर्माण गरिरहेको डोजरको साँचो विप्लव कार्यकर्ताको कब्जामा

 जेठ ३१, २०७६ शुक्रबार ८:५:५० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – पलाँता गाउँपालिकाको बेल्के ढुंगा मोहर पुलाहाँ छलाहा सडक खण्ड निर्माण गरिहरेको डोजरको साँचो विप्लव कार्यकर्ताले कब्जा गरेका छन् ।

तेल हाल्नका लागि रोकेर राखेको अवस्थामा विप्लव कार्यकर्ताले डोजरको साँचो लगेको वडा नम्बर १ का अध्यक्ष मानबहादुर भण्डारीले बताउनुभयो । 

सडक निर्माणमा डोजर प्रयोग गरेर अनियमितता गरेकाले डोजरको साँचो कब्जा गरिएको विप्लव नेता कर्णबहादुर भण्डारी ‘विराट’ले जानकारी दिनुभयो । जनप्रतिनिधिल डोजर आतंक फैलाएर अनियमितता गरेको जनगुनासो आएकाले सडक निर्माणमा अवरोध पुर्‍याएको विप्लव माओवादीका कार्यकर्ताले जनाएका छन् ।

विप्लव माओवादीका कार्यकर्ताले निर्माण कार्य भइरहेका सडकको ‘डिजाइन स्टमेट’ मागेको र स्टमेट नदिएपछि बाध्य भएर डोजरको साँचो कब्जा गर्नुपरेको विप्लव माओवादीका नेता विराटले बताउनुभयो ।   
 

अन्तिम अपडेट: चैत २, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया