त्रिशूली नदीमा ट्याक्सी खस्दा ज्यान गुमाएका पाँचजनाको परिचय खु...
चैत १७, २०८० शनिबार
हङकङ सरकारले विवादित 'सुपुर्दगी' सम्बन्धी विधेयक खारेज गरेको प्रमुख कार्यकारी क्यारी लामले घोषणा गरेकी छिन् ।
यो कानुन अनुसार, अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउनु पर्ने हुन्थ्यो । यस अघि उनले हङकङ नागरिकहरुको व्यापक विरोधपछि पनि त्यो विधेयक खारेज नगर्ने बताएकी थिइन् ।
‘म निकै दुःख महसुस गरिरहेकी छु र खेद प्रकट गर्न चाहन्छु । हाम्रै काममा कमी, कमजोरी र अन्य कारणले नै विवादहरुलाई जन्म दिएको हो,’ उनले भनिन् ।
प्रदर्शनकारीहरुले भने चिनियाँ प्रभाव बढ्दै गैरहेको बारेमा पनि ध्यानाकर्षण गराएका थिए ।
सरकारलाई यस बारेमा विश्राम लिएर सोच्न आफूले आग्रह गरेको प्रमुख कार्यकारी लामले भनेकी छिन् । उनले विधेयकमाथि ‘व्याख्या र सञ्चार’ को पर्याप्त तयारी नपुगेको बताएकी छिन् ।
मेरो लक्ष्य भनेको पहिला शान्ति र व्यवस्थालाई बनाइराख्नु हो, जुन हङकङको सबैभन्दा ठूलो चाहना पनि हो,’ उनले भनिन् ।
सरकारले भने प्रस्तावित विधेयकको तर्क दिँदै भनेको थियो, ’यो विधेयक ‘अपराधहरु दूर गर्न’ र ताइवानको हत्या मामलापछि शहर अपराधीहरुका लागि एक सुरक्षित स्थान नबनोस् भन्नका लागि महत्वपूर्ण हुनेछ ।’
‘अबको अघिल्लो कदम के हो, निश्चय भैसकेको छैन,’ प्रमुख कार्यकारी लामले भनिन् ।