रुकुममा ३ किलो अफिमसहित एक युवक पक्राउ

 जेठ ३२, २०७६ शनिबार १६:५८:४५ | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम - प्रहरीले शनिबार ३ किलो ८ सय ५०ग्राम अवैध लागुऔषध अफिम सहित १ युवकलाई पक्राउ गरेको छ ।

आठबिसकोट नगरपालिकाको-१४, छेपारेबाट त्यही नगरपालिकाको वडा नम्बार १ बस्ने ३५ वर्षीय मनबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, खैरो रङ्गको झोलामा शंकास्पद वस्तु बोकेर हिँडिरहेको बेला सोधपुछ गर्दा अफिम फेला परेको थियो । ५ जनाको समूहमा रहेका उनीहरुले प्रहरीमाथि हातपात गरी ढुङ्गा प्रहार गरेर भाग्न खोज्दा नियन्त्रणमा लिन १ राउण्ड हवाइ फायरसमेत गर्नुपरेको डीएसपी खड्काले बताउनुभयो ।

आक्रमणपछि ४ जना भागेका र १ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफलभएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएका बुढाको साथबाट ५ ओटा पोका बनाइएकाे ३ किलो ८ सय पचास ग्राम खैरो रंङ्गको अफिम, नगद ९ हजार, एक थान टर्च, १ थान मोबाइल सेट र १ थान मुगाको माला बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध ओसार पसार तथा खरिद बिक्री भैरहेको सूचनाको आधारमा प्रहरी परिचालन गरेर बुढालाई पक्राउ गरिएको र फरार भएकाहरुको खोजी भइरहेको डीएसपी खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया