काेपा अमेरिका: शनिबार रातिकाे खेलमा काे काे भिड्दैछन् ?

 जेठ ३२, २०७६ शनिबार १८:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलमा जारी कोपा अमेरिकाको ४६औं संस्करणमा शनिबार राति पाैने १ बजे समूह ए अन्तर्गत भेनेजुएला र पेरुबीच तथा आइतबार बिहान पाैने ४ बजे समूह बी अन्तर्गत पहिलो खेलमा अर्जेन्टिना र कोलम्बियाबीच खेल हुँदैछ ।

साढे दुई दशक यता कुनै पनि ठूलो फुटबलको उपाधि जित्न नसकेको अर्जेन्टिनामा यस पटक कप्तान लियोनल मेस्सीसँगै पाउलो डिबाला, सर्जियो अगुएरो,  एन्जल डि मारियाजस्ता खेलाडी छन्। यस्तै कोलम्बियाको टिममा राडेमल फाल्काओ, जेम्स रोड्रिगेज, जुवान क्वाड्राडो लगायत खेलाडी छन्।

अर्जेन्टिना साविक उप-विजेता समेत हो । सन् २०१६ मा भएको पछिल्लो संस्करणमा अर्जेनटिना चिलीसँग फाइनलमा पराजित भएको थियो । त्यसभन्दा अघि पनि अर्जेनटिना चिलीसँगै फाइनलमा हारेको थियो ।

उता कोलम्बियाले गत संस्करणमा सेमिफाइनल खेलेको थियो ।

यसपालिको कोपा अमेरिकामा अर्जेन्टिनालाई प्रमुख दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी २०१८ को विश्वकपपछि ठूलो प्रतियोगिता खेल्दैछन् । यस बीचमा उनले दुई मैत्रीपूर्ण खेल खेलेका थिए ।

सन् १९९३ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले उमेर समूहमा विश्वकप र ओलम्पिकमा स्वर्ण पदक जितेपछि ठूला प्रतियोगिता जित्न सकेको छैन । यस पटक भने अर्जेन्टिनालाई महादेशीय फुटबलको उपाधि जित्दै उपाधिको खडेरी तोड्ने अवसर छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया