सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
माेरङ - प्रदेश आइतबार १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालुतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने अनुमान छ ।
सडक, सुरुङमार्ग सहितका ठूला योजना र पर्यटकीय क्षेत्रको विस्तार प्रदेश १ को बजेटमा मुख्य प्राथमिकतामा समेटिएका छन् । साथै प्रदेश १ सरकारले कर्मचारीको तलव बृद्धि गरेको छ । संघीय सरकारबाट निर्धारण भएको तथा कायम हुने तहगत प्रणाली अन्तर्गतको तलव, ग्रेड, महंगी भत्ता, सञ्चयकोष, पोशाक खर्च, बीमा लगायतका अन्य सुविधा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको हकमा समेत लागू गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
प्रदेशमा समायोजन भई एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार एकमुष्ठ प्रदान गर्ने उल्लेख छ ।