सोलुखोलामा राखिएको प्रेसर कुकर बम नेपाली सेनाद्वारा डिस्पोज

 असार २, २०७६ सोमबार १०:३०:२३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ भदौरेमा सोलुखोला दुधकोशी ८६ मेगावाट क्षमताको निर्माणाधीन हाइड्रोपाावरको परिसरमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेकाे छ । 

शनिबार राति एक्स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको प्रेसर कुकर सोमबार बिहान ९ बजेर १२ मिनेटमा निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु आएको थियो । 

निर्माणाधीन हाईड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार नचिनेका मानिसको समूहले आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटरको बाहिरी भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा खटिएको टोलीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घटना कसले र किन गरायो भन्ने बारेमा पत्ता लाग्न सकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया