प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ को खोला टोलमा ९ राउण्ड गोली भेटिएको छ ।
बेवारिसे अवस्थामा सोमबार राति पेस्तोलको गोली ७ राउण्ड र एसएलआरको गोली २ राउण्ड भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
खेतमा बालबालिका खेलिरहेको अवस्थामा गोली भेटिएपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार, गोलीमा खिया लागिसकेको छ । माटोमा शंकास्पद बस्तु रहेको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय बेल्टारको टोली गई बरामद गरेको हो । गोली कसले किन के प्रयोजनका लागि राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।